
काठमाडौं / प्रेस सेन्टर नेपाल बागमती प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा सचिवालय तथा कार्यालय गठनसँगै कार्यविभाजनका विषयमा महत्वपूर्ण निर्णयहरू पारित गरिएका छन्।
बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा बागमती प्रदेश इन्चार्ज हितमान साक्य र प्रदेश अध्यक्ष सरल सहयात्रीको विशेष आतिथ्यता रहेको थियो।
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, आईसीटी फोरम अध्यक्ष निर्मल ज्ञवाली, उपाध्यक्ष लक्ष्मण खड्का र शान्ता अधिकारी, महासचिव मनोज घर्ती मगर, सचिव अञ्जली थापा, बागमती इन्चार्ज मिनकुमार दाहाल लगायत प्रदेश कमिटीका पदाधिकारी तथा जिल्लाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
बैठकले संगठनको आगामी कार्यदिशा, सञ्चारकर्मीहरूको हित संरक्षण, पेशागत क्षमता अभिवृद्धि, तथा समसामयिक राजनीतिक सन्दर्भमा प्रेस सेन्टरको भूमिकाबारे विस्तृत छलफल गरेको थियो। साथै, विभिन्न तहमा कार्यविभाजन गरी सचिवालय र कार्यालय सुदृढ बनाउने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले निकट भविष्यमा पत्रकारिता क्षेत्रका सरोकारबारे विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan