
मकवानपुर, १९ माघ । अखिल (क्रान्तिकारी) मकवानपुर स्वयंसेवक फोर्सको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले रोहित प्रधानको संयोजकत्वमा १७ सदस्यीय मकवानपुर जिल्ला फोर्स चयन गरेको छ ।
फोर्सको जिल्ला सचिवमा दिलिप लामा चयन भएका छन् ।
भेलाले फिर्सको सदस्यहरुमा दिलिप लामा, रुपेश कडेंल, रोहन थापामगर, कोशिष चौलागाईं, सुमित देबकोटा, संघर्ष कडेंल, प्रशान्त राई लगायत चयन भएका छन् ।

भेला नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) मकवानपुर स्वयंसेवक फोर्सका अध्यक्ष अनिल बसेलको अध्यक्षतामा भएको थियो ।
प्रमुख अतिथि मोक्तानले समाज रुपान्तरणको लागि विद्यार्थीहरुको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।
उनले समाजवाद उन्मुख राज्य ब्यवस्था निर्माणका लागि युवा विद्यार्थीहरुलाई स्वदेशमै उद्यमशिल बनाउनको लागि सरकार केन्द्रित हुनुपर्ने बताइन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामनारायण बिडारी, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, प्रदेश सचिवालय सदस्य एवम् मकवानपुर संयोजक भीम पाख्रीन, प्रदेश सचिवालय सदस्य ललित घलान, बिवेक राई, जीवन गोले, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य रोजल तामाङ्ग, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) बागमती प्रदेश सदस्य पुष्पा सुनार, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan