
मकवानपुर, १९ माघ । नेकपा(माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको आरोप लगाए।
प्रेस सेन्टर नेपाल, मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला भएको बताए । ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको बताए ।
प्रेस सेन्टर नेपाल, मकवानपुर अध्यक्ष यम प्रसाद पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव गुरुङले बर्तमान सरकारको कारण देशको लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताए ।
उनले मुलुकको स्वाधिनताको रक्षाका लागि अंगिकार गर्नुपर्ने परराष्ट्रनीति समेत सरकारले अंगिकार गर्न नसकेको भन्दै सुशासनको नाममा सरकारले भ्रष्टचारी र कमिशनतन्त्रलाई संरक्षण गरेको बताए ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य कुमारी मोक्तान, रामनारायण बिडारी, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी,प्रदेश सचिवालय सदस्य एवम् जिल्ला संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान ‘ज्वाला’, फ्र्याक्सन इन्चार्ज ललित घलान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य मनोज शर्मा ढोडारी लगायत बिभिन्न संचारमाध्यमका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan