नेपाल पानी उद्योग महासंघ गठन, अध्यक्षमा लिम्बु, महासचिवमा मकवानपुरका अधिकारी

मकवानपुर, १८ माघ । देशभरिका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको गठन भएको छ ।
बिहीबार हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघको घोषणा भएको हो । उक्त भेलाले बिक्रम लिम्बु चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरेको छ ।


देशैभरिका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संगठनका रुपमा महासंघको गठन गर्न गत पौष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते हेटौंडामामा प्रारम्भिक भेला राख्ने निर्णय गरेको थियो ।
महासंघकोे वरिष्ठ उपाध्यक्षमा भरत बुदाथोकी, उपाध्यक्षहरुमा रबिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, बिक्रम मण्डल रहेका छन् ।


त्यस्तै महासंघको महासचिवमा ध्रुवप्रसाद अधिकारी चयन भएका छन् । अधिकारी मकवानपुरका युवा ब्यवशायी हुन् ।
समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाई रहेका छन् । महासंघको सदस्यहरुमा सहदेब बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टकबहादुर सारु, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का चयन भएका छन् ।


नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको माग बढ्न थालेको छ । यस्तो अवस्थामा देशैभरिमा झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेका छन् । पानी उद्योगमा १५ अरब भन्दा बढिको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् ।


तदर्थ समितिका संयोजक बिक्रम लिम्बु चेमजोङले सबै उद्योगीको हकहितको संरक्षण गर्न र नेपालको पानी अन्तराष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताए। उनले महासंघले पारदर्शिताका साथ तोकिएको समयसिमा भित्र प्रथम अधिवेशन गर्ने समेत बताए । उनले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा आवद्ध हुन आग्रह गरेका छन् ।


त्यस्तै तदर्थ समितिका महासचिव ध्रुवप्रसाद अधिकारीले लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताए । उनले सम्पूर्ण पानी उद्योगीहरुको व्यवसायीकतामा सहयोग गर्न र उद्योगीहरुको हकहितको संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको गठन गरेको बताएका छन् । उनले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गने समेत बताए ।
भेलामा देशै भरीका १ सय बढी उद्योगका सञ्चालक एवम् प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.