राक्सिराङलाई समृद्ध बनाउन गाँजा बैधानिक बनाउन पर्छ: माधव सापकोटा

मकवानपुर, ०९ माघ । नेकपा (माओवादी केन्द्र) राक्सिराङ गाँउ कमिटीको तेस्रो अधिवेशन सहितको खवरदारी सभाको उद्घाटन गर्ने क्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले मकवानपुर जिल्लाको विकास र राक्सिराङलाई समृद्ध बनाउन गाँजा खेती बैधानिक बनाउन पर्ने बताए ।


उनले प्रचण्ड नेतृत्वको सरकारले गाँजालाई बैधानिक बनाउन बजेट समेत बिनियोजन गरेकोमा हाल सो कार्य अगाडि नबढेकोले उक्त विधेयक ल्याउन पहल गर्ने प्रतिबद्धता समेत जनाए । संघियताकै कारण देशमा बिकासको लहर आएको भन्दै समाजको विकास र समग्र भूगोल, क्षेत्र, बर्गको सहभागिताको लागि संघियताको बिकल्प नरहेको समेत सापकोटाले बताए ।


मंगलबार राक्सिराङ गाउँ कमिटीले राक्सिराङको चैनपुरमा आयोजित तेस्रो अधिवेशन सहितको खवरदारी सभामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मानकुमारी नेपाली, प्रदेश सचिवालय सदस्य एवम् मकवानपुर सचिव वीर बहादुर घलान ‘ज्वाला’, सचिव भीम पाख्रिन, शुभरत्न गोले, प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, ओम बहादुर ग्लान ‘प्रदिप’ लगायतको आतिथ्यता रहेको थियो ।


अधिवेशन सहितको खवरदारी सभाको उद्घाटनको अवसरमा गाउँपालिकाका ९ वटै वडाबाट माओबादी केन्द्रका कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बिभिन्न राजनीतिक दल परित्याग गरी सयौंको संख्यामा माओवादी केन्द्रमा प्रबेश गर्नेहरुलाई प्रमुख अतिथि र अतिथिहरुले टीका, माला लगाएर स्वागत गरेका थिए।


तेश्रो गाउँकमिटिको अधिबेशनको बन्द सत्र बुधबार हुने कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानले बताए । उनका अनुसार बन्दसत्रले आगामी कार्यकालको लागि नयाँ कमिटी समेत चयन गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.