बागमतीमा माओवादी केन्द्रमा प्रवेशको लहर

मकवानपुर,०८ माघ । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको २ टोलका ८४ जना भन्दाबढी ब्यक्तिहरु नेकपा (माओवादी केन्द्रमा) प्रवेश गरेकाछन् ।

बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुर, न्यूरेनीका पुरै गाउँका बासिन्दा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन्। 

नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका वडा नम्बर ८ कमिटीको आयोजनामा  शान्तिपुरको चापटमा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समिति उपाध्यक्ष प्रेम बहादुर पुलामी, विशेषअतिथि बागमती प्रदेश समिति सचिवालय सदस्य सर्केश घलानले टीका र खादा लगाई स्वागत गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका वडा नम्बर ८ कमिटी अध्यक्ष पुर्ण सिङ  थिङको अध्यक्षतामा भएको कार्यक्रममा उनिहरु नेपाली काङ्ग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बागमती गाउँपालिकाको  विकास र समृद्धि माओवादीबाट मात्रै सम्भव भएको भन्दै माओवादी पार्टी प्रवेश गरेको नेपाली काङ्ग्रेसबाट वडा सदस्यका उमेदवार छबिलाल चौलागाईं, गत निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार कालू सिं  थिङ  सहित एमाले, काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सल्लाहकार सदस्य एबम बागमती गाउँ कमिटी इन्चार्ज ज्ञान सागर लामा, मकवानपुर जिल्ला कार्यलय सचिव हस्त बहादुर थिङ, गाउँ कमिटी अध्यक्ष अरुण बल, सचिव रहर सिं थिङ, गाउँ कमिटी सदस्य फुलमाया थोकर, भिम प्रसाद घिमिरे, सुनिता नेगी, मनोज बल, वडा कमिटी सचिब दिलकुमार योन्जनबलगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.