सातौ संस्करणको बागमती गोल्डकप फागुन १ देखि

मकवानपुर, २८ पौष । सातौ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुन १ गतेदेखि हुने भएको छ ।

मकवानपुर जिल्लाको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

प्रतियोगिता बागमती ४ झुरझुरे स्थित गाउँपालिकाको लगानीमा निर्मित शहिद स्मृति रंगशालामा हुनेछ ।

यस अघिका सस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद १० लाख र दोस्रो हुने टिमले नगद ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो । 

फुटबल खेलको प्रवर्द्धनका लागि गाउँपालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरेको बागमती गाउपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । 

प्रतियोगिता सञ्चालनको लागि करिब ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित शिल्ड प्रदान गरिने खेलकुद विकास समिति सदस्य सचिव प्रमोद राईले बताउनुभयो ।

प्रतियोगिता अन्तरगत छैटौ संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, गाउँ पालिकाका वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.