पालुङ जेसीज अध्यक्ष कार्की निर्वाचित

मकवानपुर, २५ पौष । पालुङ जेसीज बर्ष २०२५ का लागि माधब कार्की निर्वाचित भएका छन् ।

पालुङ जेसीजको बुधबार भएको साधारणसभा पश्चातको निर्वाचनमा कार्की ५९ मत सहित कार्की बिजयी भएका हुन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी सन्जय गोपालीले ४५ मत प्राप्त गरेको निर्वाचन आयुक्त संगम कार्कीले बताए ।

त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदमा स्मिता बिष्ट, अजित कार्की निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी ४ उपाध्यक्ष पदमा बिकेशबाबु बस्नेत, बिश्वनाथ रायमाझी, शिशिर कुमार खत्री, रोशनी गोपाली निर्विरोध निर्वाचित भएका छन् ।

यस बर्ष कुल १ सय १२ जना मतदाता रहेको पालुङ जेसीजमाको बर्ष २०२५ को अध्यक्ष पदको लागि भएको निर्वाचनमा १ सय ४ मत खसेको निर्वाचन आयुक्त कार्कीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.