माओवादी केन्द्र भिमफेदी अध्यक्षमा पुन: स्याङ्तान

मकवानपुर, २० पौष। नेकपा (माओवादी केन्द्र) भिमफेदी गाउँपालिका कमिटीको अध्यक्ष पदमा पुनः  बद्रीबहादुर स्याङ्तान सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार सप्पन्न तेस्रो आधिबेशनले स्याङ्तानको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्बसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष पदमा प्रीतिलाल लामा, आत्मराम मुक्तान र दिपक गोले चयन भएका छन् ।

यसैगरी सचिवमा अमृत बल, सहसचिब धावा थोकर, रामेश्वर थिङ र कोषाध्यक्ष पदमा सुमित्रा लामा सहित ४५ सदस्यीय गाउँपालिका कमिटी सर्बसम्मत चायन भएको हो । 

गाउँपालिका कमिटी अध्यक्ष बद्रीबहादुर स्याङ्तानको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि मोक्तानले माओवादी जनताको जीवन स्तर उठाउने अभियानमा जोडिने बताइन् ।

उनले देशको समृद्धिका लागि जनताको जीवन स्तर माथि उठ्न आवश्यक भएको बताइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बिशेष प्रदेश समिति उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमती प्रदेश समिति सचिवालय सदस्य बिष्णु बहादुर बिष्ट, ललित घलान, प्रदेश सदस्य अप्सरा लोप्चन, लबशेर बिष्ट, जिल्ला सदस्य जयराम रायमाझी, निर्वाचन समिति संयोजक देबराज देबकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

अधिवेशनकै अवसरमा बिभिन्न पार्टी परित्याग गरि २३ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेकपा एकीकृत समाजवादी भिमफेदी गाउँपालिका २ नम्बर वडा कमिटी अध्यक्ष कमल गोपाली, नेकपा एमाले निकट सानोबाबु भोलन लगायत रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.