
मकवानपुर, १९ पौष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः बिनोद सुवेदी चयन भएका छन् ।
शुक्रबार हेटौंडाको रोयल प्यालेसमा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।

प्याव्सन मकवानपुरको वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरी सुवेदी, कोषाध्यक्ष उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य चयन भएका छन् ।
प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन केन्द्रीय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
साधारणसभा कार्यक्रममा नेपा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार सुवास बिडारी र जमुना थिङलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्याब्सन मकवानपुरका संस्थापक अध्यक्ष ऋषिराम आचार्य, पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, मदन दहाल र अनिल पाण्डे र शिक्षकहरु अरविन्द कुमार झा, उमा मगर, सञ्जिव ठाकुरलाई पनि सम्मान गरिएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan