स्ववियु चुनाव फागुन १५ माः तयारीमा त्रिबि

मकवानपुर, १० पौष । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारीमा जुटेको छ ।
त्रिविको क्यालेन्डर अनुसार १५ फागुनमा स्ववियु चुनाव गराउने उल्लेख छ । क्यालेन्डर अनुसार चुनाव गराउन विद्यार्थी कल्याण परिषद्ले तयारी थालेको हो ।

‘क्यालेन्डर अनुसार १५ फागुनमा चुनाव गर्न परिषद् तयार छ । कार्यकारी परिषद् र सिनेटले पास गरेको विषय अब परिवर्तन गर्न मिल्दैन । तोकिएकै मितिमा चुनाव गराउन छलफल सुरु भएको हो ।’ कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले भने ।

मंगलबार रेक्टर खड्ग केसीको अध्यतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले केन्द्रीय चुनाव समिति बनाउने र विद्यार्थी संगठनसँग छलफल गर्ने निचोड निकालेको छ । सदस्य सचिव अधिकारीले त्रिवि अन्तर्गतका सबै क्याम्पसमा एकैपटक चुनाव गरिने बताए ।

स्ववियु चुनाव दुई दुई वर्षमा गर्ने प्रावधान छ । दुई वर्ष अघि भएको चुनावमा ५० वटा आंगिक र ४ सय बढी सम्बन्धन प्राप्त कलेजमा स्ववियु चुनाव भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.