
मकवानपुर, ०२ पौष । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गरिएको छ ।
मंगलबार प्रदेश निर्वाचन समितिका संयोजक प्रताप बिष्टले नव निर्वाचित कार्य समिति पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका हुन् ।
प्रमाणपत्र बितरण पश्चात आजै नव निर्वाचित अध्यक्ष कृष्ण सारु मगर संगै पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
हेटौँडा–११ स्थित महासंघ बागमती प्रदेश समितिको कार्यालय परिसरमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष शिव देवकोटा, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मंसिर २८ गते सम्पन्न निवाचनले सारु मगरको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा हरिप्रसाद हुमागाई, महिला उपाध्यक्षमा बिमला पाण्डे, महासचिवमा राधेश्याम खतिवडा, सचिवमा श्यामप्रसाद खतिवडा, समावेशी सचिवमा काजी श्रेष्ठ, कोषाध्यक्षमा शंकर अधिकारी लगायत ७ जना सदस्य निर्वाचित भएका थिए ।
निर्वाचन समितिका संयोजक प्रताप विष्टको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो । नवनिर्वाचित प्रदेश समितिको कार्यकाल ३ वर्षको हुनेछ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan