पत्रकार महासंघ मकवानपुर अध्यक्षमा ५ को उम्मेद्वारी

मकवानपुर, २६ मंसिर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदमा ५ जनाको उम्मेद्वारी परेको छ । आगामी मंसिर २८ गते हुने निर्वाचनको लागि बुधबार भएको उम्मेद्वारी दर्ताको क्रममा अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक भानुभक्त आचार्यले बताए । 

महासंघ मकवानपुर अध्यक्ष पदमा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट बालकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालबाट अञ्जली थापाको उम्मेद्वारी परेको छ ।

त्यस्तै अध्यक्ष पदमा प्रेस युनियनका पूर्व अध्यक्ष हाल युनियन परित्याग गरेका  पोष्टराज अधिकारी कुमार, समाजवादी प्रेस संगठन परित्याग गरेका शिवकुमार रिजाल (काशी) र स्वतन्त्र पत्रकार संगठनका केन्द्रिय महासचिव सुरेश श्रेष्ठले पनि उम्मेद्वारी दिएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा युनियन-चौतारीबाट गणेश दर्पण अधिकारी, प्रेस सेन्टरबाट ध्रुब अधिकारी र स्वतन्त्र तर्फ रविन्द्र गौतमले उम्मेद्वारी दिएका छन् । महिला उपाध्यक्षपदमा गठबन्धनबाट प्रतीक्षा न्यौपाने र सेन्टरबाट भावना रिजालको उम्मेद्वारी परेको छ ।

सचिव पदमा गठबन्धनबाट केशव सुवेदी समर्पण, सेन्टरका अशोकसुजन श्रेष्ठ तथा स्वतन्त्रबाट इन्द्रबहादुर बन्जारा रमेश उम्मेद्वार बनेका छन् । सहसचिव खुलामा गठबन्धनबाट विश्वराम अधिकारी विवश र समाजवादी पत्रकार संघका  शिवप्रसाद चौलागाईं बियोगीको उम्मेदवारी परेको छ । यसैगरि सहसचिव (समावेशी) मा गठन्धनबाट सन्नु रिजाल र सेन्टरबाट रुपा गुरुङ तथा कोषाध्यक्षमा गठबन्धनबाट प्रदीप अधिकारी र सेन्टरका यमप्रसाद (एमपी) पौडेलको उम्मेदवारी रहेको छ । 

त्यस्तै दलित सदस्यमा गठबन्धनबाट संजिव सुनार र प्रेस सेन्टरका सुमित विश्वकर्माको उम्मेदवारी परेको छ । महिला सदस्यमा गठबन्धनबाट स्मिता अर्जेल र प्रेस सेन्टरबाट जमुना थिङको उम्मेद्वारी परेको छ । जनजातितर्फको सदस्यमा गठबन्धनबाट सानुमाया गुरुङ (निशा) र प्रेस सेन्टरबाट जयराम मोक्तानले उम्मेदवारी दिएका छन् ।

६ जना खुला सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको छ । जसमा जिबराज बख्रेल, श्यामलाल दुलाल गणेश, कुमारमणी हुमागाइँ, मन्जिता मैनाली मन्जु, श्रीराम अर्जुन दाहाल, कृष्णा बिष्ट (सुनिता) रबिन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली, नवराज वाइवाको उम्मेद्वारी पर्दा मधेसी सदस्य पदमा गठबन्धनका मनिल महतो निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश परिषद सदस्य पदमा सुनिल शिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आले मगर निर्विरोध निर्वाचित भएका छन् । २ केन्द्रीय परिषद सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय परिषद सदस्यका लागि कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन बिडारीको उम्मेदवारी परेको छ भने समावेशी केन्द्रिय परिषद् सदस्य पदमा कृष्णराम परियार निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । 

मंसिर २८ गते नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाको एकैपटक निर्वाचनमा हुँदैछ ।

महासंघ मकवानपुर शाखामा ११७  जना सदस्य मतदाता रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.