बीउ व्यवसायी संघ मकवानपुरको अध्यक्षमा प्रधान

मकवानपुर, २५ मंसिर । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्ष पदमा थाहा नगरका कृष्णकाजी प्रधान निर्वाचित भएकाछन् । संघको सोमबार हेटौँडामा भएको दशौँ वार्षिक साधारण सभा एवम् पाँचौं अधिवेशनले प्रधानको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।


समितिको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा फेन्चु लामा, सहसचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा नेत्र केसी तथा सदस्यहरुमा गौतम प्रधान, अविनाश दाहाल, अनिता अधिकारी लगायत निर्वाचित भएकाछन् ।


नेपाल बीउ व्यवसायी संघ मकवानपुरका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा केन्द्रीय महासचिव विश्वराज बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेशका प्रथम उपाध्यक्ष हरिशरण अर्याल, डेण्डीजन लामा, केशव दुलाललगायतको आतिथ्यता रहेको थियो ।


साधारणमा संघ मकवानपुरको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको सचिव फेन्चु लामाले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.