
मकवानपुर, २४ मंसिर । नेपाल पत्रकार महासंघका मकवानपुरको अध्यक्ष पदमा प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अञ्जली थापाले उम्मेद्वारी दिने भएकी छिन् ।
आईतबार बसेको प्रेस सेन्टर नेपाल मकवानपुरको बैठकले थापालाई सर्वसमत् अध्यक्ष पदको उम्मेद्वार चयन गरेको केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईञ्चार्ज ध्रुवराज ढकालले बताए ।
लामो समयदेखि पत्रकारितामा क्रियाशिल थापा राष्ट्रिय समाचार समिति (रासस)को मकवानपुर संवाददाता, चिनारी सन्देश साप्ताहिक र चिनारी सन्देश डटकमको प्रकाशक/सम्पादक हुनुहुन्छ ।
थापा नेपाल पत्रकार महासंघ मकवानपुरको पहिलो महिला अध्यक्ष हुने दौडमा हुनुहुन्छ । पत्रकारको हक र हितमा क्रियाशिल थापाले आफु सधै पत्रकारको हितमा क्रियाशिल हुने बताईन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan