पालुङ जेसीजको बार्षिक साधारण सभा मंसिर २५ गते

मकवानपुर, २१ मंसिर । पालुङ जेसीजको बार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ ।

२०८१ साल मंसिर १२ गते बसेको पालुङ जेसीज बर्ष २०२४ को कार्यसमिति बैठकले पालुङ जेसीजको बार्षिक साधारणसभा मंसिर २५ गते जेसीज सभाहलमा सञ्चालन गर्ने निर्णय गरेको हो ।


साधारण सभाले बर्ष २०२४ मा भएका कार्यक्रम र गतिविधिको अनुमोदन गर्नुका साथै बर्ष २०२५ को लागि नयाँ कार्यसमिति चयन गर्ने बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

यसैबिच बर्ष २०२५ को कार्यसमिति चयनको लागि मंसिर २० गते बिहीबार निर्वाचन कार्यतालिका समेत प्रकाशन भएको छ ।

पालुङ जेसीज बर्ष २०२५ को लागि अध्यक्ष १, कार्यकारिणी उपाध्यक्ष २ र उपाध्यक्ष ४ पदको लागि मंसिर २५ गते निर्वाचन हुने निर्वाचन आयुक्त संगम कार्कीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.