थाहाको मेलमिलाप तालिम सौराहामा

मकवानपुर, २१ मंसिर । थाहा नगरपालिकाका मेलमिलापकर्ताहरुको तालिम चितवन जिल्ला रत्ननगर नगरपालिकाको सौराहामा सम्पन्न भएको छ ।
थाहा नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम भएको हो । तालिम मंसिर १४ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।


तालिमपश्चात समुदायमा हुने बिवादलाई सहजीकरण गरी समाधान गर्ने उपाय र सीप हाँसिल गरिएको सहभागीहरुले बताए ।


तालिममा थाहा नगरपालिकाको १२ वटै वडाका ३६ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सीप, सहजिकरण सीप, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भूमिका र दायित्वहरु लगायतका विषयमा जानकारी गराइएको थियो । तालिमलाई प्रशिक्षक बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गरेका थिए ।


तालिम समापन समारोहलाई संवोधन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले समाज उत्पन्न हुने समस्याहरुलाई तत्काल समाधान गरी सभ्य समाजको निर्माण र भाईचराको सम्बन्ध कायम गर्नका लागि मेलमिलापको अवधारणा सकारात्मक रहेको बताए।


थाहा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक भरत गोपालीले समुदायमा उत्पन्न हुने सामान्य समस्या र विवादको समाधानका लागि मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.