मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाटको उम्मेद्वारी घोषणा

मकवानपुर, १९ मंसिर । मकवानपुर जिल्लामा क्रियाशिल उद्योगी तथा व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको आगामी कार्यसमिति अध्यक्ष पदका लागि प्रमोसिं रानाभाटले उम्मेद्वारी घोषणासहित सम्पर्क सचिवालय स्थापना गरेका छन् ।

बुधबार रानाभाटले हेटौंडा–२ स्थित पल्पसारोडमा सम्पर्क सचिवालय शुभारम्भ गरेका हुन् । सचिवालयको रानाभाटका पिता डम्बरबहादुरले रिबन काटेर उद्घाटन गरेका थिए ।


उम्मेदवारी घोषणासंगै रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफूले ठोस काम गरेर देखाउने प्रतिवद्धता जनाए । व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पु¥याउने लक्ष्यकासाथ आफू अध्यक्ष बन्न चाहेको उनको भनाइ थियो ।
उद्योगी व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर संघलाई समृद्ध र प्रभावकारी बनाउन आफू निरन्तर क्रियाशिल हुने रानाभाटको प्रतिबद्धता रहेको छ ।

ब्यवशायी कै संस्था, ब्यवशायी कै नीति, ब्यवशायीकै नेतृत्व भन्ने नीतिका साथ आफुले मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदको तयारी गरेको रानाभाटले बताए ।
बर्तमान कार्यसमिति उपाध्यक्ष रानाभाटले २०६८ सालमा कार्य समिति सदस्य भई एक कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल महासचिव हुँदै हाल अध्यक्ष पदकालागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

रानाभाटको उम्मेदवारीसँगै मकवानपुर उद्योग वाणिज्य संघमा निर्वाचनको सरगर्मी बढेको छ । संघको नेतृत्वका लागि अन्य प्रतिस्पर्धीहरुले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको पौष २४ गतेदेखि २७ गतेसम्म ५८ औँ साधारणसभाका साथ अधिवेशनसमेत हुँदैछ । अधिवेशनले २ हजार भन्दा बढी उद्योगी व्यवसायीको सदस्यता रहेको संघको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.