
मकवानपुर, १७ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तरगत मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी बिजयी भएका छन् ।
तिवारीले २ हजार ६३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रबिकुमार प्रधान (रविन) ले १ हजार ५ सय ६० मत प्राप्त गरेकाछन् । त्यस्तै नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरे ।
८ हजार ५३ मतदाता रहेका हेटौंडा १२ मा आइतबार भएकाे उपनिर्वाचनमा कुल ५ हजार ४८४ मत खसेकोमध्ये ७८ मत बदर भएको थियोे ।
वडाध्यक्ष पदका लागि बिभिन्न राजनीतिक दलबाट ९ जना र तीन जना स्वतन्त्र उम्मेद्वार प्रतिश्पर्धामा थिए ।
यसअघिका दुई निर्वाचनमा लगातार पराजित तिवारी तेस्राे पटकमा विजयी बने । २०७४ को निर्वाचनमा १ सय ४ मत र २०७९ को निर्वाचनमा ३१ मतान्तरले माओवादी केन्द्रका उम्मेद्वारसंग पराजित भएका तिवारी आइतबारकाे उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार भन्दा ५०३ मत बढी प्राप्त गरि विजयी भएका हुन् ।
यसअघि २०७९ काे निर्वाचनमा वडाध्यक्षमा निर्वाचित माओवादीका ललित घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।
हेटौडा १२ मा सबै उम्मेद्वारले प्राप्त गरेको मत
अर्जुन प्रसाद तिवारी (नेपाली काँग्रेस) – २०६३ (विजयी)
रबि कुमार प्रधान (माओवादी केन्द्र) – १५६०
राजेश नगरकोटी (नेकपा एमाले) – १३९८
आशा विर बल (राष्ट्रिय स्वतन्त्र पार्टी) – ८३
प्रेम बहादुर भोलन (राप्रपा) – १७८
छविलाल वाइवा (जसपा नेपाल) – १०
बलराम बल (नेकपा एकीकृत समाजवादी) – ७३
फुल माया तितुङ्ग (नेमकिपा) – १
दीपा लामा (मंगोल नेशनल अर्गनाइजेशन) – ३२
चापाकल – १
लसुन – ०
मिलाएको हात -१




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan