आज स्थानीयतह उपनिर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान?

मकवानपुर, १६ मंसिर । स्थानीय तहमा रिक्त ४१ पदकालागि आज मतदान हुँदैछ।

बिभिन्न कारण रिक्त पदमा बाँकी अवधिका लागि प्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो ।

आज आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीयतह उपनिर्वाचन अन्तरगत कीर्तिपुर नगरपालिकाको प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहतको ईशनाथ नगरपालिका वडा नम्बर ७, रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर १६, कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र रुकुम पश्चिम भागको सानीभेरी गाउँपालिका वडा नम्बर ५ वडाअध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, जाजरकोटको कुसे गाउँपालिका वडा नम्बर ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, बझाङको सूर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाअध्यक्ष पदका लागि निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी भूल तथा रुकुम पूर्वी पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

मत परिणाम वेबसाइटमै

मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।

आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ। मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ।

मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.