माओवादी केन्द्र प्रति युवाको लहर बढ्दो

मकवानपुर, ९ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तीगौंडामा आईतबार २५ जना युवा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
हेटौंडा १२ स्थित हात्तीगौंडामा स्थानीय तह उपनिर्वाचन अन्तरगत भएको अन्तरक्रिया एवम् घरदैलो कार्यक्रमका अवसरमा उक्त युवाहरु मओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


प्रवेश गर्ने युवाहरुलाई नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रमिला पुलामी, प्रल्हाद लामिछाने, प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान ‘ज्वाला’, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, जिल्ला सदस्य महेशकुमार सिग्देल र उम्मेदवार रबिकुमार प्रधान (रविन) ले अबिर, खादा लगाई स्वागत गरेका थिए ।
नेकपा एमाले, नेपाली कांग्रेस समर्थक र स्वतन्त्र रहेका मनोज मोक्तान, सरोज कार्की, प्रेम लामा, उदय श्रेष्ठ, सनिश तितुङ, छिरिङ लामा लगायत युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


भ्रष्टाचार विरुद्धको अभियानमा माओवादी केन्द्र दृढ भएको कारण आफुहरुलाई माओवादी मन परेकोले माओवादीमा प्रवेश गरेको युवाहरुले बताए ।
समाजको विकासमा सक्रिय युवा ब्याक्तित्व रविन योग्य उम्मेद्वार भएकोले आफुहरुले रविनलाई जिताउन प्रतिबद्ध भएको बताए ।
कर्यक्रममा हेटौंडा–१२ को वडाध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन) ले समाजको विकासमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । प्रधान (रविन) ले माओवादी केन्द्र प्रतिको बिश्वासलाई कायम राख्दै वडाबासीको हितमा सधैं लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.