
मकवानपुर, ०९ मंसिर । जनमुक्ति सेना दिवस २०८१ को अवसरमा मनहरी गाउँपालिकामा भएको शुभकामना आदानप्रदान कार्यक्रम तथा पूर्व जनमुक्ति सेनाको मनहरी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर २ स्थित भिमानमा आयोजित शुभकामना आदानप्रदान तथा भेलाले बिजय लम्सालको अध्यक्षतामा पूर्व जनमुक्ति सेनाको मनहरी गाउँपालिका कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा ईमान सिं थिङ, सचिवमा पुर्णबहादुर घलान र कोषाध्यक्षमा लक्ष्मी घलान खड्कालाई सर्बसम्मत चयन भएका छन् ।
साथै भेलाले पालिकाबाट तत्कालिन समयमा रहेका सबै जनमुक्ति सेनाहरु सदस्य रहने गरि निर्णय गरेको छ ।
कार्यक्रममा नवगठित कमिटीलाई नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर ओमबहादुर ग्लान, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिब वीरबहादुर घलान ‘ज्वाला’, प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, मनहरी गाउँपालिका ईन्चार्ज रामहरी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
मनहरी गाउँपालिकामा ४६ जनाभन्दा बढी पूर्व जनमुक्ति सेना रहेका थिए ।
जनमुक्ति सेना स्थापना भएको स्मरणमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको र पूर्व जनमुक्ति सेनाहरुको अवस्था सम्मान कार्यको लागि संस्थागत रुपमा अगाडि बढ्नको लागि कमिटी गठन गरिएको अध्यक्ष लम्सालले बताए ।
तत्कालिन नेकपा माओवादीले देश र जनताको लागि समतामुलक समाजको निर्माणको लागि २०५८ सालमा जनमुक्ति सेनाको निर्माण सहित घोषणा गरेको थियो । कार्यक्रम पूर्व जनमुक्ति सेना कुशलको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan