महानगरले एमालेलाई एक लाख जरिवाना

मकवानपुर, ०७ मंसिर । नेकपा एमालेले आयोजना गरेको जागरण सभापछि सडकको फोहोर व्यवस्थापन नगरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।

शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र एमाले पार्टी कार्यालयमा पठाएको छ ।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ मा ब्यवस्था भए अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिकालाई उक्त जरिवाना रकम तिर्नुपर्नेछ ।

महानगरले यसअघिपनि सार्वजनिक स्थलमा सभा तथा कार्यक्रम आयोजना गरेर फोहोर व्यवस्थापन नगर्ने अन्य दल र संघसंस्थालाई जरिवाना गराएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.