असल समाज निर्माणको लागि शिक्षा महत्वपूर्ण : रविन प्रधान


मकवानपुर, ०७ कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका रबिकुमार प्रधान(रविन)ले असल समाज निर्माणका लागि शिक्षा महत्वपूर्ण हुने बताएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका प्रधानले घरदैलो अभियानका क्रममा शिक्षा बिना राम्रो समाजका परिकल्पना गर्न नसकिने बताएका छन् ।

प्रधानले वडाको शिक्षामा सुधार गरी युवाहरुलाई ब्यवशायिक बनाउने योजना रहेका बताए ।
‘शिक्षाका कारण मानिसमा असल संस्कारको विकास हुन्छ । जव मानिसमा असल संस्कारको विकास हुन्छ तब समाज सुन्दर हुन्छ ।’ घरदैलो अभियानका क्रममा प्रधानले भने ।
समग्र वडाको विकासका लागि बिभिन्न योजना सहित निर्वाचनमा होमिएका प्रधानको मूख्य रुपमा वडाको शिक्षालाई सुधारगरी सुन्दर समाज निर्माण गर्ने योजना रहेको छ ।

वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले वडाको विकासका लागि चयन गरिएका एजेण्डाहरु वडाका सम्पूर्ण नागरिकको एजेण्डा भएको र उक्त एजेण्डाहरु कार्यान्वयन सम्पूर्ण वडाबासीहरुको सल्लाह, सुझाव अनुसार गरिने बताए ।
आफु सधै वडाको विकासको लागि प्रतिबद्ध भएकोले विकास निर्माण र योजना छनोटमा सबै राजनीतिक दलहरुसंग समन्वय गरेर अगाडि बढ्ने उम्मेद्वार प्रधानले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.