जेसीजकप फुटबलको उपाधि मकवानपुरगढीलाई

मकवानपुर, ३ मंसिर । दोस्रो चैनपुर जेसीजकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि मकवानपुरगढी जेसीजले जितेको छ। सोमबार भएको फाइनल खेलमा हेटौँडा-१९ बस्तीपुरको एफसी परेलीलाई १–० गोल अन्तरले पराजित गरी मकवानपुरगढी जेसीजले उपाधि जितेको हो। मकवानपुरगढी जेसीजको लागि खेलको दोस्रो हाफको २५ औं मिनेटमा गणेश हमालले गरेको गोल निर्णायक बन्यो ।

मकवानपुरको मनहरी गाउँपालिकामा क्रियाशिल चैनपुर जेसीजको आयोजनामा सम्पन्न जेसीजकप प्रतियोगितामा उपाधिसँगै मकवानपुरगढी जेसीजले नगद एक लाख ११ हजार १११ रुपैयाँ , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै, उपविजेता परेलीले ५१ हजार १५१ रुपैयाँसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मकवानपुरगढी जेसिजका कुलदीप कार्की घोषित भए। उनले सात हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
त्यस्तै परेलीका सलिल ढकाल उत्कृष्ट फर्वाड घोषित हुँदा बाँकी विधागत उत्कृष्टमा मकवानपुरगढी जेसीजकै वर्चस्व रह्यो। मकवानपुरगढी जेसीजका अस्मिर गोङ्बा उत्कृष्ट गोलरक्षक, बिम्ब मगर उत्कृष्ट डिफेन्डर, रोशन पहारी उत्कृष्ट मिडफिल्डर र भीम लामा उत्कृष्ट प्रशिक्षक घोषित भए।

प्रतियोगितामा १६ टिमले भाग लिएका थिए। मकवानपुरगढी जेसीजले शुक्रबार एफसी नमोबुद्धलाई २-१ गोलअन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको थियो भने एफसी परेलीले शनिबार मनहरी-५ लाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको थियो।

पुरस्कार वितरण समारोह चैनपूर जेसीजका अध्यक्ष रवीन ढकालको सभाध्यक्षतामा र मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.