
मकवानपुर ०३, मंसिर । सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आज सोमबार एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।
यस्तै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए ।
पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरका आइतबार काठमाडौँको पुरानो बानेश्वरमा निधन भएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan