नेपालको बिजुली आजदेखि बंगलादेशमा


काठमाडौँ, ३० कात्तिक । नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ ।
नेपाल, भारत र बंगलादेश बीच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले आजबाट ४० मेगावाट विद्युत बंगलादेश पठाउने भएको हो ।

भारतले स्वीकृति दिईसकेकाले आज नेपाल, भारत र बंगलादेशका तीनै उर्जामन्त्रीले भर्चुअल रुपमा उद्धघाटन गरेर बिजुली पठाउने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो वर्षका लागि भने आज मध्यान्ह १२ः४५ मा भर्चुअल माध्यमबाट उदघाटन गरेर राति १२ बजेसम्म मात्रै बिजुली पठाईनेछ । आज करिव ११ घण्टा विजुली निर्यात गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय आम्दानी गर्नेछ ।

नेपालबाट बंगलादेश विद्युत निर्यातका लागि गत असोज १७ मा त्रिपक्षीय सम्झौता भएको थियो । भारतले स्वीकृति नदिँदा सम्झौता भएको एक महिना वितिसक्दा पनि निर्यात सुरु हुन सकेको थिएन । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्वर १५ सम्म बंगलादेशलाई बिजुली विक्री गर्ने सम्झौतामा उल्लेख छ । सोही अनुसार नेपालले आज अर्थात नोभेम्वर १५ मा एक दिन मात्रै बंगलादेशमा विद्युत निर्यात गर्ने भएको हो । त्यसपछि आगामी वर्षको जुन १५ बाट मात्रै विद्युत निर्यात हुनेछ । प्राधिकरणले २५ मेगावटको त्रिशुली र २२ मेगावट क्षमताको चिलिमे जलविद्युत आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.