माओवादीले मंसिरभित्र सबै स्थानीय तहमा पार्टी सम्मेलन र खबरदारी सभा गर्ने


मकवानपुर, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले मंसिर मसान्तसम्म सबै स्थानीय तहको पार्टी सम्मेलन र खबरदारी सभा गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्याल पेरिशडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा बर्तमान सरकारले गरिरहेको बेथितिहरुका बिरुद्ध खवदारी गर्न जनपरिचालन सहित आगामी मंसरि मसान्तसम्म पालिका सम्मेलन र खवरदारी सभा एकैसाथ गर्ने निर्णय गरेको हो ।


बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । छलफलमा स्थानीय तह उपनिर्वाचनमा समाजवादी मोर्चा र सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने निर्णय भएको उपाध्यक्ष पम्फा भुसालले बताईन् । समाजवादी मोर्चामा माओवादी केन्द्र सहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् ।


माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थानीय तह उपनिर्वाचनमा कांग्रेस–एमालेसँग सहकार्य नहुने तर अन्य दलसंगभने छलफल र सहकार्य हुनसक्ने बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको पक्षमा देशभर जनलहर राम्रो हुँदै गएको सुनाउँदै चुनाव जित्ने उच्च सम्भावना रहेको बताए । त्यसैले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी मिहिनेत गर्न प्रचण्डले नेताहरुलाई निर्देशनसमेत दिएका थिए ।


बैठकमा विकृति, विसंगति, र राजनीतिक अस्थिरताको अन्त्य गर्ने पार्टीको धारणा रहेकोले माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने प्रस्ताव राखेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकले पौष २ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने समेत निर्णय गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.