साउदीको मरुभूमिमा भीषण हिमपात

मकवानपुर, २१ कात्तिक । साउदी अरबको मरुभूमि क्षेत्रमा भीषण हिमपात भएको छ । साउदी अरबको अल–जौफ मरुभूमिमा भीषण हिमपात भएको हो । सो क्षेत्रको ईतिहासँमा पहिलो पटक हिमपात भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुख्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ । सो क्षेत्रमा भीषण वर्षा र असिना पछि हिमपात भएको हो

साउदी अरबले गत सातादेखि असामान्य मौसमको सामना गरिरहेको र यो घटनाले मौसमविदहरु समेत आश्चर्यमा परेको सउदी अरबका प्रेस एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार अल जौफको पहाडी क्षेत्रमा मंगलबार हिमपात भएको हो ।

साउदी अरबमा हिमपातलाई दुर्लभ मानिन्छ । तर, बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपात जस्ता असामान्य घटना भईरहेको विज्ञहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.