साफ च्याम्पियनसिपको फाईनलमा बंगलादेश


हेटौंडा, ११ कात्तिक/साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको फाईनलमा पुग्ने पहिलो टोली बंगलादेश भएको छ ।
आईतबार काठमाण्डौंको दशरथ रंगशालामा भएको बंगलादेश र भुटानबिचको पहिलो सेमिफईनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पछि पार्दै फाईनल यात्रा तय गरेको हो ।


सेमिफईनलमा बंगलादेशको तर्फबाट तेहोरा खातुनले ३, सबिना खातुनले २, रितु पूर्ण चक्मा र सिउली अजिमले १/१ गोल गरेका थिए । जवाफमा भुटानको तर्फबाट डेकी लाक्जोमले १ गोल गरेकी थिईन् । जारी साफमा डेकी लाक्जोको यो आठौं ब्यक्तिगत गोल हो । उनी यो साफमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छिन् भने नेपालकी रेखा पौडेल ७ गोल सहित दोस्रो स्थानमा छिन् ।

साफ च्याम्पेन्सिपमा भुटानले पहिलोपटक बंगलादेशको बिरुद्ध गोल गरेको हो । अघिल्लो संस्करणको सेमिफाईनलमा बंगलादेश भुटान बिरुद्ध ८–० गोल अन्तरले बिजयी भएको थियो । साविक बिजेता बंगलादेशले आईतबार नै हुने नेपाल र भारत बिच हुने सेमिफईनल खेलको बिजेतासंग बुधबार फईनल खेल्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.