
पौष २०,मकवानपुर :- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा एक महिला र पाँचजना पुरुषको मृत्यु भएको हो।
मकवानपुर प्रहरीका अनुसार भीमफेदी,कुलेखानी,काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साँझ करिब ५ः३० बजे सडकबाट करिब सय मिटर तल खसेको थियो।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा सुमोमा सवार नौ जनाको उद्धार गरी हेटौँडा अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका एक महिला र पाँचजना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जना पुरुष र दुई जना बालबालिका रहेका छन्।
मृतक तथा घाइतेको पहिचान हालसम्म खुल्न नसकेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan