
मकवानपुर / नेपालमा पछिल्ला राजनीतिक आन्दोलन, व्यवस्थापरिवर्तन र संक्रमणकालीन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका ओमबहादुर थापा (प्रतीक) ले नेकपा पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले मंसिर २२ गते सोमबार सार्वजनिक पत्रमार्फत पार्टीसँगको जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन्।
राजीनामा पत्रमा नेता ग्लान्ले इतिहासमा जनवादी संघर्षका क्रममा मिलेको अवसर, संगठन तथा नेतृत्वरूपी मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरेका छन्। तर पछिल्लो समय पार्टीभित्रको जिम्मेवारी निर्वाह गर्न कठिन भएको, राजनीतिक यात्रामा आएको मोड, तथा आफ्नै व्यावहारिक कारणले पार्टीबाट अलग हुने निर्णय गर्नुपरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, म आफ्नो निजी कारणले पार्टीको जिम्मेवारी निर्वाह गर्न असमर्थ छुँ। आत्तिने वा प्रतिक्रियात्मक रूपमा होइन, पूर्ण सम्मानका साथ यो निर्णय गरेको छु।
ग्लानले पार्टी नेतृत्व, कार्यकर्ता तथा जनताप्रतिको सम्मान रहिरहने उल्लेख गर्दै आफ्नो आगामी राजनीतिक तथा सामाजिक यात्रामा पनि यथार्थ, इतिहासप्रति निष्ठा र जनताप्रति प्रतिबद्धता कायम रहने विश्वास व्यक्त गरेका छन्। साथै, यो निर्णय कसैप्रति असन्तुष्टिका कारण नभएको स्पष्ट पारेका छन्।
मकवानपुरको राक्सिराङ–४ निवासी ग्लानले अन्त्यमा पार्टीले दिनुभएको विश्वास, साथ तथा सम्झनाप्रति धन्यवाद व्यक्त गरेका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan