हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव फेला


काठमाडौं । हमास समूहको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको दुई वर्षपछि शव फेला परेको छ।
इजरायली समाचार माध्यम द जेरूसेलम पोस्टका अनुसार विपिनको शवको पहिचान पुष्टि भइसकेको हो।

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ अन्तर्गत आज पहिलो चरणको बन्दी आदान–प्रदान गरिएको थियो।
सन् २०२३ को उक्त हमास आक्रमणपछि इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी हमासको कब्जामा परेका थिए।

जोशीको नाम हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा समावेश नहुँदा खोजी कार्य सुरु गरिएको थियो। सोही क्रममा उनको शव फेला परेको हो।

हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले जारी विज्ञप्तिमा मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको जनाएको छ।
विज्ञप्तिअनुसार, उनीहरूको शव सोमबार इजरायली पक्षलाई हस्तान्तरण गरिनेछ।

यो घटनालाई इजरायल र हमासबीचको नयाँ सम्झौताअन्तर्गतको मानविय कदमका रूपमा लिइएको छ, जसअनुसार इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने सहमति भएको बताइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.