
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाह र सुदन गुरुङविरुद्ध दर्ता गरिएको जाहेरीबारे प्रहरीले २४ घण्टाभित्र जवाफ दिने भएको छ ।
अनेरास्ववियूका पूर्वअध्यक्ष समिक बडालले बताएअनुसार जाहेरी दर्ता नभए पनि कानूनी प्रक्रिया अनुसार प्रहरी कार्यालयले २४ घण्टाभित्र लिखित जवाफ दिनुपर्ने हुन्छ । उनका अनुसार जाहेरी दर्ता भएको वा नभएको स्पष्ट पार्न प्रहरीले चाँडै प्रतिवेदन दिनेछ ।
हाल बालेन र सुदनविरुद्ध दर्ता भएको भनिएको जाहेरीबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यस विषयमा प्रहरीको आधिकारिक प्रतिक्रिया पर्खिनुपर्ने बडालले बताएका छन् ।
प्रहरी स्रोतका अनुसार जाहेरी दर्ता प्रक्रियाको औपचारिकता पूरा भएपछि अनुसन्धान अघि बढाइने बताइएको छ ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan