मकवानपुरमा वर्षा र जोखिम व्यवस्थापनबारे जिल्ला सुरक्षा समितिको निर्णय

मकवानपुर, असोज १८ ।
अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम र सुरक्षा अवस्थाबारे जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री रिक्म श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनिक अधिकारी लगायतका सदस्यहरूको उपस्थितिमा हालसम्मको अवस्थामाथि समीक्षा गरिएको थियो ।

समितिले दिएको जानकारी अनुसार, असोज १७ गते रातिदेखि परेको वर्षाले जिल्लाभित्र कुनै मानवीय क्षति नभए पनि स्थिति सतर्क रहँदै सामान्य रहेको बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई मध्यनजर गर्दै मकवानपुर हुँदै काठमाडौं जाने तथा आउने सवारीसाधनहरूको आवागमन असोज १८ र १९ गते पूर्णरूपमा बन्द रहने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, सम्भावित पहिरो र बाढीको जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । आपतकालीन उद्धार तथा व्यवस्थापनका लागि विपद् व्यवस्थापन समितिलाई उच्च सतर्कतामा रहन र समन्वयात्मक रूपमा कार्य गर्न पनि निर्णय गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रिक्म श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू निरञ्जन धामी, सुबासचन्द्र बोहरा, सन्तोष विक्रम शाह, हेमन्त चौधरी र सरोज प्रसाद पौडेल उपस्थित थिए ।

— जिल्ला प्रशासन कार्यालय, मकवानपुर

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.