लामो दूरीका तथा काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारी साधन आवतजावत रोक

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म देशका पूर्वी, मध्य र पश्चिमका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका साथै काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ।

प्राधिकरणका अनुसार भारी वर्षाका कारण पहिरो, बाढी, डुबान र भू–क्षयजस्ता प्राकृतिक विपद् उत्पन्न हुन सक्ने भएकाले कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशअन्तर्गतका प्रभावित जिल्लामा सवारी साधन सञ्चालन नगर्न निर्देशन दिइएको हो। असोज १८, १९ र २० गते सवारी साधन सञ्चालन रोक्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

यातायात व्यवस्थापन तथा सुरक्षाको दृष्टिले अत्यावश्यक सेवाका सवारी साधन भने सम्बन्धित जिल्ला प्रशासनको स्वीकृतिअनुसार मात्र सञ्चालन गर्न सकिनेछ।

प्राधिकरणले नागरिकलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न तथा आधिकारिक निकायले जारी गर्ने सूचनामात्र पालना गर्न आग्रह गरेको छ। साथै, सूचना प्राप्त गर्न रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट अपडेट भइरहन पनि अनुरोध गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.