हेटौंडा बजारमा Gen-Z समर्थक व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा / मकवानपुरको हेटौंडा बजारमा सोमबार दिउँसो निर्माण व्यवसायी तथा मकवानपुर गढी गाउँपालिका निवासी प्रेम कुमार घिमिरेमाथि खुकुरी प्रहार भएको छ।

प्रारम्भिक जानकारीअनुसार Gen-Z आन्दोलनमा समर्थन जनाएको कारण उनलाई लक्षित गरी आक्रमण गरिएको आशंका गरिएको छ। घटनास्थलमा रोकिएको गाडीमै घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको प्रतक्ष्यदर्शी ले बताएका छन्।

आक्रमणमा परि घिमिरेको टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि तत्कालै भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यसबीच, घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.