प्रधानमन्त्री कार्कीका पाँच निर्णय : सहिद घोषणादेखि राहत प्याकेजसम्म

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई सम्मानका साथ सहिद घोषणा गर्ने निर्णय गरेकी छिन्। प्रधानमन्त्री कार्कीले शनिबार मन्त्रिपरिषद् बैठकमार्फत पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी हुन्।

उक्त निर्णयअनुसार आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिनेछ। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार खर्च सरकारले नै बेहोर्ने छ।

मृतकको शव गाउँसम्म लैजाने तथा अन्त्येष्टिसम्बन्धी सम्पूर्ण खर्च पनि सरकारले उपलब्ध गराउने निर्णय गरिएको छ। साथै, आन्दोलनका क्रममा स्थायी अपाङ्गता भएका व्यक्तिलाई सरकारी सुविधा र विशेष सहयोग उपलब्ध गराइने घोषणा गरिएको छ।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्याय र राहत दुवैलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.