सिंहदरबार र सर्वोच्च अदालत जलाउनेलाई ‘नेपाली कसरी भन्ने : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार र सर्वोच्च अदालतजस्ता मुलुकका अति आवश्यक सरकारी संरचना जलाउने कार्यलाई आपराधिक गतिविधि ठहर गरेकी छन् । उनले यस्तो काम गर्नेहरुलाई ‘नेपाली कसरी भन्ने ?’ भन्दै प्रश्न उठाएकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा देशका प्रमुख संरचनामाथि भएको आगजनीले मुलुकको स्थायित्व, न्याय प्रणाली र सुशासनमाथि गम्भीर प्रहार भएको उल्लेख गरिन् । “सिंहदरबार, सर्वोच्च अदालतजस्ता मुलुकका मेरुदण्ड संरचना जलाउनेलाई नेपाली भन्नै मिल्दैन । यस्तो कार्य राष्ट्रघाती हो,” उनले भनिन् ।

उनले यस प्रकारका आपराधिक गतिविधिमा संलग्नहरुलाई कानुनी कारबाही हुने पनि स्पष्ट पारिन् । “कानूनको शासनभन्दा माथि कोही हुँदैन । दोषीलाई कडाभन्दा कडा सजाय दिइनेछ,” प्रधानमन्त्री कार्कीको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले देशलाई अस्थिर पार्ने षड्यन्त्रलाई जनताले पराजित गर्ने विश्वास पनि व्यक्त गरिन् । साथै, उनले नागरिकहरुलाई धैर्य र एकताको भावनासाथ सरकारको साथ दिन आग्रह गरिन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.