गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : शर्मा

भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सांसद मायाप्रसाद शर्माले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको आपराधिक गतिविधिमा गृहमन्त्रालयका कर्मचारीहरूको संलग्नता रहेको भन्दै छानबिन सहज बनाउन गृहमन्त्रीले पद त्याग गर्नुपर्ने तर्क गरे।

“गृहमन्त्री पदमै रहँदा छानबिन निष्पक्ष हुन सक्दैन,” शर्माले भने, “कानुनी र नैतिक दृष्टिले हेर्दा उहाँको राजीनामा उपयुक्त हुन्छ।”

सांसद शर्माले यस प्रकरणमा अहिलेसम्म संलग्न भनिएका कर्मचारीहरूलाई सरकारले कारबाही नगरेकोमा पनि प्रश्न उठाए। “सरकारले किन कारबाही गरेन? अख्तियार स्वतःफूर्त रूपमा अघि बढ्नुपर्ने स्थिति किन आयो?” भन्दै उनले सरकारको निष्क्रियता प्रति असन्तुष्टि जनाए।

यसअघि पनि मानव तस्करीको विषयमा उच्च राजनीतिक तहसम्म संलग्नता देखिएको भन्दै सांसदहरूले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। भिजिट भिसाका नाममा हुने आपराधिक गतिविधि रोक्न राज्य संयन्त्रको प्रभावकारी परिचालन आवश्यक रहेको उनीहरूको धारणा छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.