माओवादी केन्द्रका महासचिव गुरुङ हेटौंडामा

मकवानपुर,१८ माघ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ शुक्रवार साँझ बागमती प्रदेशको राजधानी हेटौंडा आईपुगेका छन् ।

महासचिव गुरुङ माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको संगठन प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको दोस्रो बागमती प्रदेश सम्मेलनको उद्घाटनका लागि हेटौडा आएका हुन् ।

महासचिव गुरुङलाई हेटौंडामा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य कुमारी मोक्तान, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, मकवानपुर जिल्ला संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान ‘ज्वाला’ प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला स्थित केन्द्रिय, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरु, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, केन्द्रिय सदस्य राज सापकोटा लगायतले स्वागत गरेका थिए ।

स्वास्थ्यकर्मी महासंघको प्रदेश सम्मेलन शनिबार हेटौंडाको जयगणेश पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ ।
सम्मेलनको आवश्यक तयारी पुरा भइसकेको र जिल्लाहरुबाट प्रतिनिधि आउने क्रममा रहेको महासंघ बागमती प्रदेश सचिब अमर लामाले बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा पार्टी केन्द्रिय सदस्य एवम् महासंघका फ्र्याक्सन इन्चार्ज कल्पना धमला, महासंघ केन्द्रिय अध्यक्ष बामदेब अर्याल लगायत केन्द्रिय उपाध्यक्ष, महासचिवको उपस्थिति भइसकेको महासंघ मकवानपुर अध्यक्ष जयराम रायमाझीले बताए ।

यसैबिच महासचिव गुरुङको शनिवार बिहान ८:३० बजे नेकपा (माओवादी केन्द्र)को मकवानपुर जिल्ला पार्टी कार्यालय गर्दोहीमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको जिल्ला सचिब बीरबहादुर घलान ‘ज्वाला’ले बताए ।
त्यस्तै महासचिव गुरुङको प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा बिहान ९:३० बजे जयगणेश पार्टी प्यालेसमा हुने पत्रकार सम्मेलनमा सहभागि हुने कार्यक्रम रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.