अखिल (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा मकवानपुरका रोशन

मकवानपुर, १० माघ । अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय महासचिव पदमा मकवानपुरका रोशन थापा मगरले उम्मेदवारी दिएका छन् ।

क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तरगत आगामी माघ १२ गते हुने निर्वाचन कार्यक्रम अन्तरगत मगरले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

हेटौंडाको सिद्धार्थ सिशु सदन माध्यमिक बिद्यालयबाट बिद्यालय तहको परीक्षा पुरा गरेका रोशनले मकवानपुर बहुमुखी क्याम्पसबाट बिशिष्ट श्रेणीमा कक्षा १२ उत्तीर्ण गरेका थिए । 

बिद्यालय तहको सबै परीक्षामा बिशिष्ट श्रेणीसहित प्रथम हुने रोशन मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा जन्मेका हुन् । 

अध्ययनमा लगनशील रोशनले पूर्ण छात्रबृत्तिमा पुल्चोक ईञ्जिनियरिङ क्याम्पस पटनबाट आर्टिटेक्चरल ईञ्जिनियरिङ बिषयमा स्नातक तह उत्तीर्ण गरेका छन् ।

पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमै करिव ३ हजार जानाले दिएको प्रवेश परीक्षामा तृतीय स्थानमा नाम निकालेर अर्बन प्लानिङ बिषयमा स्नातकोत्तर पुरा गरेका रोशन विद्यार्थी एक्सचेञ्ज कार्यक्रम अन्तरगत जापानको टोकियो बिश्व बिद्यालयबाट अनुसन्धानात्मक अध्ययन समेत पुरा गरेका छन् ।

२०६९ मा अनेरास्ववियू ( क्रान्तिकारी ) को प्रथम बर्ष कमिटी सदस्यबाट बिद्यार्थी राजनीति सुरु गरेका रोशन २०७० मा पुल्चोक क्यामपस इकाई कमिटी सदस्य २०७२ मा क्यामपस इकाई कमिटी उपाध्यक्ष, २०७३ इकाई कमिटी अध्यक्षको जिम्मेवारी पुरा गरेका रोशन २०७३ साल फाल्गुनमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पुल्चोक क्यामपस अध्यक्ष पदमा बिजयी भएको थिए ।

अनेरास्ववियू (क्रान्तिकारी) २०७६ पौष भएको एकताको सम्मेलनबाट केन्द्रीय सदस्य भएका रोशन २०७८ मा विद्यार्थी विशेष महाशाखा सदस्य, नेकपा माओवादी केन्द्रको शहरी विकास बिभागको सदस्य, २०७९ सालमा क्रान्तिकारीको केन्द्रीय संगठन विभाग सचिव, अनेरास्ववियू ( क्रान्तिकारी ) र २०८० सालमा केन्द्रीय सचिवको जिम्मेवारी निभाईसकेका छन् ।

पुँजीवादी जनवादी क्रान्तीको बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माणको कार्यदिशालाई शिरोपर गर्दै बैचारिक रुपमा प्रतिबद्ध संगठन निर्माणको लागि आफुले महासचिव पदमा उम्मेदवारी दिएको उनले बताए । अनेरास्ववियू (क्रान्तिकारी)लाई देशकै अब्बल संगठन बनाई शैक्षिक संस्थाको गुणस्तर बृद्धिका लागि आफ्नो उम्मेदवारी रहेका बताउँदै बैज्ञानिक र जीवनोपयोगी शिक्षाको विकासका लागि आफु प्रतिबद्ध भएको बताए ।

अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय कार्यसमितिको आगामी कार्यकालको लागि यही माघ १२ गते ३ सय १२ पदको लागि हुने निर्वाचनमा ५०० जनाको उम्मेदवारी परेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
2
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.