
मकवानपुर, २९ पौष । नेपाली कांग्रेसका नेता एवम् बकैया गाउपालिका ५ का पूर्व वडा अध्यक्ष शेरमान घलान र नेपाली कांग्रेसका स्थानीय नेता धनबहादुर वाइबा (मिलन) नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

लामो समय नेपाली कांग्रेसमा क्रियाशिल रहेका घलान र वाईबा सोमबार एक कार्यक्रमबिच माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कांग्रेसको सिद्धान्त र बिचार राम्रो भएता पनि माओवादी केन्द्रको बिचार र सिद्धान्त देशको लागि उपयुक्त भएकोले आफु माओवादी केन्द्रमा प्रवेश गरेको घलानले बताए ।
घलान र वाईबालाई पार्टीमा स्वागत गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् पूर्व बागमती सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले संघीय गणतन्त्र स्थापनाको लागि सबैको योगदान महत्वपूर्ण भएको र यसलाई संस्थागत गर्नको लागि माओवादी केन्द्रमा एकताबद्ध हुने क्रममा बृद्धि भएको बताईन् । जनताको सेवा गर्ने पार्टी माओवादी भएको बताउँदै समाज रुपान्तरणको लागि माओवादी केन्द्रको अभियानमा सहभागी हुन मोक्तानले सबैलाई अनुरोध समेत गरिन् ।

नेकपा (माओवादी केन्द्र) बकैया गाउँ कमिटी अध्यक्ष बिमल नेपालको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समिति उपाध्यक्ष एवम बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, लक्ष्मी पाख्रिन, प्रदेश समिति सदस्य जीवन गोले, लक्ष्मी माझी, जिल्ला समन्वय समिति सदस्य लोकनाथ गौतम्, प्रकाश थोकर, सुवोध घलान, नवराज चौलागाई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज ध्रुवराज ढकाल, अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल लगायतको उपस्थिति रहेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan