
मकवानपुर, २४ पौष । थाहा नगरपालिका मा क्रियाशिल पालुङजेसीजको २४ औं बार्षिक साधारणसभा आज हुँदैछ ।
थाहा ३ मा रहेको पालुङ जेसीजको जेसीज सभाहलमा हुने बार्षिक साधारणसभाले बार्षिक प्रतिवेदनहरु पारित गर्दै बर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
बर्ष २०२५ का लागि अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि माधव कार्की, सञ्जय गोपाली र बिक्रम गोपालीको उम्मेद्वारी परेको छ ।
त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । कार्यकारिणी उपाध्यक्ष पदका लागि स्मिता बिष्ट, बिराज थापा, अजित कार्की, अजय कार्कीले उम्मेद्वारी दिएका छन् ।
४ उपाध्यक्ष पदका लागि बिकेशबाबु बस्नेत, बिश्वनाथ रायमाझी, शिशिर कुमार खत्री, रोशनी गोपाली, सत्यदेबी स्याङ्तानको उम्मेद्वारी परेको निर्वाचन आयुक्त संगम कार्कीले बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan