
मकवानपुर, २२ पौष । अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समितिको संगठन बिस्तार अभियान अन्तर्गत सोमबार स्नातक प्रथम बर्ष बि.एड. संकायमा संघर्स कडेलको अध्यक्षतामा ३१ सदस्यीय समिति र बि.ए. प्रथम बर्षम प्रतिक बिडारीको अध्यक्षतामा ११ समिति निर्वाचित गरिएको छ ।
संगठन बिस्तार कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समिति अध्यक्ष अभ्युदय खनाल, अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस वरिष्ठ उपाध्यक्ष तथा संगठन बिस्तार प्रमुख सुजन सिलवाल अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समिति उपाध्यक्ष राहुल डिमडुङ, उपाध्यक्ष प्रचण्ड बैजु बि.एड. संकायका अध्यक्ष राजेन्द्र पाख्रिन बि.बि.एस. संकाय अध्यक्ष मिनेश पुडासैनी तथा नगर सदस्य आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
अनेरास्ववियू (क्रान्तिकारी) ले बिद्यार्थीहरुको क्षमता विकासका लागि अध्ययन अनुमति पत्रको तयारी कक्षा, कर तालिम लगायत बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बरिष्ट उपाध्यक्ष एवम् संगठन बिस्तार प्रमुख सुजन सिलवालले बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan