माओबादी भ्रष्टचारबिरुद्धको अभियानमा सफल हुन्छ : कुमारी मोक्तान 

मकवानपुर, २० पौष । नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओबादी केन्द्रले चलाएको सुशासनको अभियानले माओबादी पार्टीमा जनताको समर्थन बढेको बताइन् ।

मोक्तानले देशमा समानता र समाबेशीको मुद्धा स्थापित गर्न सफल भएको माओबादी अब भ्रष्टचारबिरुद्धको अभियानमा समेत सफल हुने बताइन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले अब देशमा समृद्धिको लागि जनताको जीवनस्तर सुधारका लागि माओवादी केन्द्र लाग्ने बताइन् ।

अधिवेशन उद्घाटन सत्रमा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् मकवानपुर ईन्चार्ज बिजय गौतमले माओवादी केन्द्र जनताको मुद्धामा केन्द्रित भएको बताए ।

जनताको साथ र समर्थनमा पुनः माओवादी देशको मुल पार्टी बन्ने निश्चित भएको  गौतमले बताए ।

माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका अध्यक्ष तिर्थबहादुर थापाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य मानकुमारी नेपाली, केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछाने, बागमती प्रदेश समिति सदस्य ललित घलान, बिवेक राई, शुभरत्न गोले, मकवानपुर जिल्ला संयोजक भीम पाख्रीन, जिल्ला सचिब बीरबहादुर घलान (ज्वाला) लगाएतको आतिथ्यता रहेको थियो ।

अधिवेशनको बन्द सत्रले नगरकमिटीको लागि ६० सदस्य सर्वसम्मत चयन गरेको छ ।

नगर कमिटी पदाधिकारी सर्वसम्मत चयनको लागि छलफल भइरहेको र छिट्टै नगर कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.