पत्रकार महासंघमा बिजयीलाई क्रान्तिकारीको सम्मान

मकवानपुर, १७ पौष । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा प्रेस सेन्टर नेपालको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी सम्मान सहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मोक्तानले प्रेस सेन्टरबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा बिजयी हुनेहरुलाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य एवम मकवानपुर इन्चार्ज बिजय गौतमको बिशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगर इन्चार्ज प्रह्लाद लामिछाने, बागमती प्रदेश समिति सचिवालय सदस्य एवम् मकवानपुर सचिब बीर बहादुर घलान ‘ज्वाला’, बिद्यार्थी फ्र्यासन इन्चार्ज ललित घलान, प्रदेश सदस्य बिवेक राई, हेटौंडा उपमहानगर कमिटी उपाध्यक्ष प्रदिप अर्याल,  प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, मकवानपुर अध्यक्ष अञ्जली थापा लगयतको आतिथ्यता रहेको थियो ।

क्रान्तिकारीका जिल्ला सचिब छोइसाङ लामाले संचालन गरेको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश समिति अध्यक्ष पदमा निर्वाचित कृष्ण सारु, मकवानपुर जिल्ला उपाध्यक्ष पदमा बिजयी ध्रुब अधिकारी, भावना रिजाललाई सम्मान गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.