
मकवानपुर, १२ पौष । नेपाल राष्ट्रिय मुवाँथाई संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली चयन भएका छन् ।
शुक्रबार हेटौंडाको क्वीक ट्वान्टी होटलमा भएको संघको प्रथम मकवानपुर जिल्ला भेलाले मैनालीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षहरुमा ध्रुबराज ढकाल र बिबेक बजगाई चयन भएका छन् भने सचिवमा रन्जिता विष्ट चयन भएकी छिन् । त्यस्तै संघको सह-सचिवमा श्रीजना लामिछाने तथा कोषाध्यक्षमा बिनोद पौडेल चयन भएका छन् ।
यसैगरी संघको सदस्यहरुमा रोशन पौडेल, रुपा बर्तौला कठायात, चित्रबहादुर तामाङ, रुपककुमार बर्नवाल, सुरज दुलाल, परमेश्वर पौडेल, राजन श्रेष्ठ, नारायण ढकाल, रिया महत क्षेत्री,किरण गिरि, राहुल थोकर लामा, बादल सिलवाल र मदन बन्जरा चयन भएका छ्न ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य सुनिल दाहाल, अल्पाइन स्पोर्ट्स महासंघका केन्द्रीय अध्यक्ष गोविन्द भट्टराई, बागमती अटोमोबाइल्स संघकि उपाध्यक्ष सीता केसी, राष्ट्रिय बक्सिङ महासंघका उपाध्यक्ष सविन भट्ट्चार्य, नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रीय सदस्य अनिल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्षमा चयन भएका मैनालीले जिल्लामा मुवाँथाई खेलको प्रवर्द्धन गर्दै बिभिन्न प्रतियोगिता संचालन गरि मुवाँथाई खेल क्षेत्रको विकासमा योजनाबद्ध काम गर्ने योजना रहेको बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan