
मकवानपुर, ११ पौष । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले हेटौंडामा ५ राउण्ड हवाई फायर गरेर गैंडाको खाग तस्करी गर्ने ब्यक्ति पक्राउ गरेको छ । बिहीबार दिउँसो हेटौंडा–५ र हेटौंडा–८ को सिमाना गर्दोईबाट नाम थर वतन नखुलेको एक पुरुष गैंडाको खाग तस्करीको आरोपम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दिपक बास्कोटा सहितको टोलीले गैडाको खाग तस्करी गर्ने ब्यक्तिलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा हवाई पाएर गरिएको हो ।
पक्राउ ब्यक्तिलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उहाँका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न २ वटा भ्यानमा हेटौंडा आएका सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको बताइएको छ । निकुञ्जका वार्डेेन गणेश पन्तले पक्राउ गरिएको पुष्टि गर्नुहुँदै हेटौँडाबाट निकुञ्ज ल्याएपछि विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan