बागमती प्रदेश लिग पौष १० देखि

मकवानपुर, ०२ पौष । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । हेटौंडाको क्याम्पा–पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका लिग बिजेता क्लबहरु सहभागी हुनेछन् ।


मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले प्रतियोगिताको बारेमा जानकारी गराउनुका साथै खेल तालिका सार्वजनिक गरेको छ ।


फुटबल प्रतियोगिता नकआउट अवधारणामा हुने र प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए ।


प्रतियोगितामा बिजेता तथा उपविजेताले क्रमशः नगद २ लाख र एक लाख, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिव ३१ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।


लिग प्रतियोगितामा यस वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुने र बागमती प्रदेश फुटबल संघका महासचिव लबराज ठकुरीले बताए ।


पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामा अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुलबल संघका अध्यक्ष टिकाराम लामा, सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुलबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल र उपाध्यक्ष युवराज लामा लगायको उपस्थिति रहेको थियो ।


बागमती प्रदेश फुटबल संघको आयोजनामा अखिल नेपाल फुटबल संघ मकवानपुरको समन्वय तथा स्थानिय प्रतिभा युवा क्लब र पिप्ले युवा क्लबको सहकार्यमा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुन लागेको हो ।


गत वर्ष सम्पन्न पहिलो संकरणको प्रदेश लिग फुटबल प्रतियोगिता धादिङले जितेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.